दाइजो सहकारी संस्थाले किसानहरुलाई कृषि यन्त्र हस्तान्त्रणका लागि कार्यक्रम सर्वजनिक

१ श्रावण २०८१, मंगलवार
दाइजो सहकारी संस्थाले किसानहरुलाई कृषि यन्त्र हस्तान्त्रणका लागि कार्यक्रम सर्वजनिक

उमेश राना/धनगढी:
दाईजो कृषि सहकारी संस्था धनगढी उपमहानगर पालिका वडा नं. ७ ले विश्व बैंकको आर्थिक सहयोगमा ग्रामिण,उद्यम तथा आर्थिक विकास आयोजना( REED) को संयुक्त लागतमा किसानहरुलाई विभिन्न कृषि यन्त्र हस्तान्तरण गर्न कार्यक्रम सर्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख अतिथी वडा नं. ७ का वडा अध्यक्ष माेति राना रहनु भएको थियो ।

गुणस्तर उत्पादन तथा बजारिकरणका लागि व्यवसायिक तरकारी खेति प्रवर्धन गर्ने उद्देश्ले यो कार्यक्रम लागु गरिएको बताए संस्थाका समाजिक परिचालक संताेष सेट्टिले । किसानहरुलाई आत्मनिर्भर बनाउनकालागि हामीले मिति २०८१।०२। २७ गते दाइजाे कृषि सहकारी संस्था र विश्व बैकको आर्थिक सहयोगमा नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय ग्रामिण, उद्यम तथा आर्थिक विकास योजना( REED) संग सम्झौता भएको थियो ।

सोहि कार्यक्रम अनुसार हामीले पहिलो पटकका लागि २५ जना किसानहरुका लागि विभिन्न कृषि यन्त्र उपलब्ध गराउनका लागि रु ६२ लाख ६ हजार १सय ५४ बराबरको कार्यक्रम सार्वजनिक गरेकाछौ । यसको सम्झौता अनुसार ५० प्रतिशत किसान र ५० प्रतिशत परियोजना कार्यालयले व्यहोर्ने जनाएको छ बताए ।

उक्त कार्यक्रम संस्थाका पदाधिकारी , किसानहरुको उपस्थिती सार्वजनिक गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मानबहादुर रानाको सभापतित्वमा भएको थियो भने संचालन सचिब दिपकराज जोशिले गर्नुभएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio