लालझाडी । कञ्चनपुरको लालझाडीमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । लालझाडी गाउँपालिका विभिन्न प्रकोपहरूको जोखिममा रहेको र विशेष गरी बाढीको जोखिममा रहेकाले उक्त प्रकोप न्यूनीकरण गर्नका लागि सूचनामा समुदायको पहुँच पुर्‍याई समुदायको विपद् जोखिम न्यूनीकरण गर्न लालझाडी गाउँपालिकाको समन्वयमा निड्स नेपाल र मर्सिकोर नेपालसँगको साझेदारीमा सञ्चालित एमरेड परियोजनाले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको हो ।

आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्न एमरेड कार्यक्रमले कम्प्युटर प्रिन्टर सहितका सामाग्रीहरू लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की र वडा अध्यक्षहरू तथा विपद् फोकल व्यक्ति सहितको उपस्थितिमा करिब रु. १ लाख ४२ हजार मूल्य बराबरका सामग्रीहरू हस्तान्तरण गरिएको परियोजनाका नवीन चन्द्र भट्टले जानकारी दिनुभयो ।