कैलाली। भजनी नगरपालिकाको समन्वयमा किया र कोडेडको सहयोगमा बहुउद्देश्यीय बिकास समाज,डडेल्धुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत भजनी नगरपालिकामा बिपद जोखिम न्यूनीकरण,पोषण स्वास्थ तथा सरसफाई र समुदायमा सचेतता अभिवृद्धि गर्ने कार्यमा उल्लेख्य भूमिका निर्वाह एंव योगदान पुर्याएको भन्दै बहुउद्देश्यीय बिकास समाज(MPDS),डडेल्धुरा सम्मानित भएको छ ।
भजनी नगरपालिकाको १४ अौ नगरसभाको समापन समारोहमा नगर प्रमुख केबल चौधरी ले बहुउद्देश्यीय बिकास समाज (MPDS),डडेल्धुरालाई सम्मान गरेका हुन । नगर प्रमुख चौधरीले उक्त सम्मान पत्र संस्थाका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैका लाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख चौधरीले संस्थाले भजनी नगरपालिकाका विभिन्न स्थानमा बाढी तथा डुबान क्षेत्रमा सिमान्तकृत समुदायका प्रभावित घर परिवारहरु, सेफ हाउसमा रहेका गर्भवती, सुत्केरी ,बालबालिकाहरु र अपांगता भएका ब्यक्तिहरुका लागि खाद्य तथा पोषण र सरसफाई राहत सामग्रीहरु स्थानीय सरकार संगको समन्वयमा तत्काल हस्तान्तरण गरी मानवीय सहायता प्रवर्धनमा महत्त्वपूर्ण उत्कृष्ट भूमिका निर्वाह गरी योगदान पुर्याएकोमा प्रशंसा गर्दे सम्मान सहित धन्यवाद ज्ञापन गरेका थिए ।
बहुउद्देश्यीय बिकास समाज डडेलधुराले भजनी क्षेत्रमा बाढी तथा डुबान र बिपदबाट स्थानीय नागरिकलाई बचाउनका लागि स्थानीय सरकार संगको समन्वय र नागरिकको सहभागीतामा जैबिक तटबन्ध ,बृक्षारोपण, बिपद टास्कफोर्स गठन र परिचालन,पूर्ब सूचना प्रणाली तालिम, आत्मरक्षा तालिम,समुदायमा सचेतीकरण लगायतका गतिविधिहरु संचालन गरेको थियोे ।