दोदाको नदीका कारण लालझाडी, पुनर्वास, बेलौरीका सयौँ घर डुवानमा

२५ असार २०८१, सोमबार
दोदाको नदीका कारण लालझाडी, पुनर्वास, बेलौरीका सयौँ घर डुवानमा

कञ्चनपुर । दोदा नदीले कञ्चनपुरका दर्जनौँ गाँउबस्ती डुवानमा परेका छन । चारदिनदेखि अबिरल रुपमा परिरहेको भीषण बर्षाले दोदा नदीमा आएको वाढीले डुवानमा परेका हुन । गयरातीदेखि दोदा नदीले लालझाडी, बेलौरी र पुनर्वास नगरका दर्जनौँ गाँउबस्ती डुवानमा परेका छन ।

लालझाडी गाँउपालिका २कञ्जका स्थानीय प्रकास रानाले सिङ्गै दोदा नदी गाँउ पस्दा लालझाडीको कञ्ज, बेलौरीको भकुण्डा, पुनर्वास नगरपालिका ५ सिमरी, रातोपुल, २ मोतीबस्तीका सयौँ घर डुवानमा परेका छन । दोदा नदी गाँउ पस्दा पुर्वपश्चिम हुलाकी राजमार्ग समेत अबरोध भएको छ ।

दोदाबाट विस्थापित भएका घर परिवारलाई पुनर्वास ५चन्द्रवाला आधारभूत विद्यालयमा राखिएको छ । पुनर्वास नगरपालिका विपद व्यवस्थापन संयोजक होमनाथ ढकालले वाढीबाट विस्थापितहरुलाई सुरक्षित स्थानमा सारिएको बताए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio