बेलडाँडीस्थित चौधर नदीमा डुबेर एक जना बेपत्ता

२४ असार २०८१, आईतवार
बेलडाँडीस्थित चौधर नदीमा डुबेर एक जना बेपत्ता

कञ्चनपुर, २३ असार । कञ्चनपुरको बेलडाँडीस्थित चौधर नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । आइतबार पानी कम भएको बेला नदी पारी गई माछा मारेर घर फर्कने क्रममा साँझतिर नदीमा पानी बढेको र सो नदी तर्न नसक्दा डुबेर बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाहका २३ वर्षीय डम्बर चौधरी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । ती युवकसँगै नदी पारी गएका अन्य ५ जना भने सकुशल घर फर्किएका छन् । नदीमा पानीको बहाव बढेको र राति खोजीकार्य गर्न कठिनाइ भएकोले अब सोमबार बिहानैदेखि पुनः बेपत्ता युवकको खोजीमा खटिने इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरले बताउनुभयो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio