एसईईमा उत्कृष्ट २ विद्यार्थीलाई ११ हजार नगदसहित कृष्णपुर नगरपालिकाले गर्‍यो सम्मान

२३ असार २०८१, शनिबार
एसईईमा उत्कृष्ट २ विद्यार्थीलाई ११ हजार नगदसहित कृष्णपुर नगरपालिकाले गर्‍यो सम्मान

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियाको आयोजनामा एसईईमा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई ११ हजार नगदसहित कृष्णपुर नगरपालिकाले सम्मान गरेको छ। आज बसेको कार्यापालिका बैठक बाटै विद्यार्थीहरुलाई सम्मान गरिएको हो।

सामुदायिक र संस्थागत तर्फ एक एक जना गरि दुई जना नगरकै उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थी सम्मानित भएका छन्। संस्थागत विद्यालय तर्फ कृष्णपुर ०१ मोतिपुर का चेतराज बिष्ट जसले एसईई परीक्षा २०८० मा कञ्चनजंगा मा.वि गुलरिया बाट ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएका थिए। त्यस्तै सामुदायिक विद्यालय तर्फ महाकाली मा.वि मटैया कटान कृष्णपुर ७ कि फिवी कुँवर ३.७६ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएकी थिईन।

दुवै जनालाई नगरपालिकाले ११-११ हजार नगद सहित सम्मान गरेको छ। नगरपालिकाले कृष्णपुरको शैक्षिक सुधारका निम्ति समय समयमा विभिन्न कार्यक्रम गरेको, विद्यालय अनुगमन, शिक्षकको तहगत दरबन्दी मिलान लगायतका कार्यक्रमहरु गरेको छ।

शिक्षा, विद्यार्थी र विद्यालयको पक्षमा सदैव नगरपालिका रहेको साथै उत्कृष्ट विद्यार्थीलाई कृष्णपुर नगरपालिकाले उच्च शिक्षाका लागि समेत सहयोग गर्ने, नगरपालिका सधै विद्यार्थीकै पक्षमा रहेको नगर प्रमुख हेम राज ओझाले बताएका छन्।

Wedding Story advertisement Of Jems Movies & Photo Studio