लालझाडी। कृष्णपुर नगरपालिकाबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा(एसइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । नेकपा एमाले कृष्णपुर नगर कमिटिले शुक्रवार एक कार्यक्रमकाबीच सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
एसइईमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकामा विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको नेनकपा एमाले नगर कमिटि अध्यक्ष कुवेर खड्काले बताए । एसइई परीक्षामा सहभागि २६ विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको नगर कमिटि इन्चार्ज लोगराज पन्तले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले उत्कृष्ट अंक ल्याएकामा विद्यार्थीहरुलाई बधाई तथा उज्वल भविष्यको कामना गरे ।
विद्यार्थीहरुलाई आफ्नो रुचिअनुसारको विषय छनौट गर्न आग्रह गर्दै त्यसमै केन्द्रित भएर लक्ष्य प्राप्त गर्नुपर्ने बताए । नगर कमिटि उपाध्यक्ष सुरेश विकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन नगर कमिटि सचिव नरेश कार्कीले गरेका थिए । नगर कमिटि अध्यक्ष कुवेर खड्काको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा पोलिटव्युरो सदस्य एवं सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा केन्द्रिय सदस्य नर बहादुर धामी,प्रदेश कमिति सदस्य मोहन रावल,गणेश सिंह एरी,जिल्ला कमिटि सदस्य लक्ष्मी बुढा,नगर इन्चार्ज लोकराज पन्त लगायतको नेताहरुको उपस्थिती रहेको थियो ।