कोराना भाइरसले रानाथारुको विशेष पर्व “चराँइ” प्रभावित

March 24, 2020
कोराना भाइरसले रानाथारुको विशेष पर्व “चराँइ” प्रभावित

धनगढी, ११ चैत २०७६

कोराना भाइरसले रानाथारुको विशेष पर्व “चराँइ” प्रभावित भएको छ ।
रानाथारु जनसमुदयको परम्परागत रुपले मनाउने सामाजिक , साँस्कृतिक एवं धार्मिक महत्व रहेको “चैत कि चराँई” यहि मिति २०७६।१२।१३ गते विस्पतबार का दिन परेको हुँदा ,

विगतका बर्षमा भव्यताका साथ सम्पन्न भएता पनि यस बर्ष विश्वव्यापी रुपमा देखापरेको कोराना भाइरस ( कोभिड–१९ ) महामारीका कारण देश लकडाउन भएको परिस्थीतमा उक्त रोगबाट जोगिनका लागि नेपाल सरकार एवं स्वास्य तथा जनसंख्या मन्त्रालयले जनहितमा जारी गरेको निर्देशन एवं रोकथामका उपायहरु अबलम्बन गर्नु हामी सबैको महान कर्तव्य भएकोले उक्त पर्व आन्तरिक रुपमा सामान्य पुजा पाठ गरि सुसम्पन्न गर्न हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध करेका छौ ।

चराँइ काे पूजा गर्दैकाे

नेपाल रानाथारु समाज केन्द्रिय कार्यसमिती अध्यक्ष कृपाराम राना द्वारा हस्त लिखत व्यज्ञप्तीमा भनिएको छ ।