लालझाडी गाँउपालिका एसइई नतिजा ०८० भानु मावि गाँउपालिकामै उत्कृष्ट

२२ असार २०८१, शुक्रबार
लालझाडी गाँउपालिका एसइई नतिजा ०८० भानु मावि गाँउपालिकामै उत्कृष्ट

लालझाडी गाँउपालिकामा माध्यामिक शिक्षा परीक्षा(एसइई)मा भानु माध्यामिक विद्यालय गाँउपालिकामै उत्कृष्ट(पहिलो) भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८०मा संचालन गरेको माध्यामिक शिक्षा परीक्षा(एसइई)मा लालझाडी २कञ्जको भानु मावि गाँउपालिकामै उत्कृष्ट(पहिलो) भएको हो । लालझाडी गाँउपालिकाको तथ्याङ्क अनुसार भानु माविका २२ विद्यार्थी मध्ये १६ उर्तिण भएका छन । भानु मावि कञ्ज ७३ प्रतिशत रिजल्ट ल्याउन सफल भएको हो ।

भानु माविका प्रद्यानाध्यापक बेद प्रशाद उपाध्यायले शिक्षक, विद्यार्थीको मेहनतले यतीसम्मको विद्यालयलाई सफलता मिलेको बताए । प्रअ उपाध्यायले आगामी दिनमा थप मेहनत गरेर शैक्षिक गुणस्तर बृद्धि गर्दै उर्तिण दर बढाउने प्रतिबद्धता जाहेर गरेका छन । शिक्षक प्रर्बद्धनका कार्यक्रम ल्याएरै भएपनि शैक्षिक गुणस्तर बृद्धि गर्ने बताए । भानु माविका अध्यक्ष प्रकास रानाले शिक्षकको अति मेहनत र विद्यार्थीका लगावका कारण पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।

अध्यक्ष रानाले आगामी दिनमा विद्यालयमा भएका अभावपुर्ति गर्दै थप शैक्षिक सुधार गर्ने बताए । शारदा माविका ४६ मध्ये ५, रामेश्वर माविका ३१ मध्ये ११, स्वतन्त्रका ११ मध्ये १ विद्यार्थी मात्रै उर्तिण भएका छन । भने, दुई विद्यालय निल भएका छन । सरस्वती मावि र बैजनाथ मावि निल भएका हुन ।

सरस्वती र बैजनाथका २०/२० विद्यालय सहभागि भएका थिए । सरकारी लगानीमै सचालनमा रहेका दुई विद्यालयको नतिजा निल आएपछि अभिभावकले आलोचना गरिरहेका छन । लालझाडी गाँउपालिकाको तथ्याङ्क अनुसार कुल १५०मा ३३ विद्यार्थी उर्तिण भएका छन । यो पनि निरासाजक परिमाण भन्दै सुधारमा जोडदिईएको छ । लालझाडी गाँउपालिका प्रमुख निर्मल राना नै विगतमा भानु माविको अध्यक्ष भएर काम गरेका थिए ।

गाँउपालिका प्रमुख निर्मल रानाले एसइईमा सत प्रतिशत रिजल्ट ल्याउनका लागि भानु माविलाई आग्रह गरेका छन । गाँउप्रमुख रानाले अहिले गाँउपालिकामै उत्कृष्ट नतिजा ल्याएको भावि माविले आगामी दिनमा सत प्रतिशत नतिजा ल्याउनुपर्ने र अन्य निल भएका विद्यालयले ब्यापक सुधार गर्नुपर्नेमा जोडदिए । गाँउप्रमुख रानाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी सहित सरोकारवाला निकायले मेहनत गर्नुपर्नेमा बताएका छन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio