नरेश राना /कञ्चनपुर कञ्चनपुरको लालझाडी गाउँपालीकामा मुक्त कम्लरिका लागि ३ दिने बाख्रा पालन तालिम दिन सुरु गरिएकाे छ । गाउँपालीकाकाे आर्थिक सहयाेग र मुक्त कम्लरि बिकास मन्च कंचनपुरकाे आयाेजनामा तालिम सुरु भएकाे हाे तालिममा पालिका भित्रका ८ जना महिला सहभागी भएका छन ।

उद्धाटन सत्रकाे कार्यक्रम कम्लरि बिकास मन्च कंचनपुरकि अध्यक्ष सीता डगाैराकाे अध्यक्षतामा कार्यक्रम सुरु भएकाे थियाे । कार्यक्रममा प्रमुख अथिति पालिका अध्यक्ष निर्मल राना, विशिष्ट अध्यक्ष सपना चाैधरि राना, वडा २ का वडा सदस्य भिरा राना, स्थानिय मुक्त कम्लरि बिकास मन्चकि अध्यक्ष संजिता राना लगायतकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रम मा प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना ले हाम्रो पालिका मा सबै वडा मा छरिएर बसेका मुक्त कमलरी हरु लाई हामी केही राहत को लागि थोरै बजेट भए पनि हामी व्यवसाय तालिम दिएका छौ यो तालिम लिएर अपनो व्यवसाय फस्टाउने छौ भने आशा लिएको छु ।

त्यसै गरी कार्यक्रम मा विशिष्ट अतिथि लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना ले हामी यो कार्यक्रम पालिका देखि योजना को आधारमा छुट्याएका थिए यो कार्यक्रम बाट यस पालिका मा भएका कमलरी दिदी बहिनी लाई केही राहत हुन्छ की भएर यो कार्यक्रम सञ्चालन गरेका छौं।आज सफल भएको छ कार्यक्रम मा प्रशिक्षक धिरेन्द्र कुमार ढुङ्गाल रहेका छन ।