उमेश राना/धनगढी: सुदुरपश्चिम साहित्य समाजले स्थापना गरेको र वार्षिक रुपमा प्रदान गर्दै आइरहेको रु.२५ हजार नगद राशिको सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार २०८० यस बर्ष रानाथारु समुदायका चर्चित साहित्यकार एबं समाजिक अभियन्ता पदम रानाले प्राप्त गर्ने भएका छन ।

रानाथारु भाषामा पहिलो प्रकाशित फगुनी उपन्यासका लेखक समेत रहेका पदम राना र नारायण रानाले संयुक्त रुपमा पछिल्लो समय नेपाल प्रज्ञा प्रतिष्टाणद्वारा प्रकाशित रानाथारु लोकगीत संग्रह प्रकाशन गरेका हुन ।
यस्तै सुप साहित्य समाजद्वारा स्थापित विभिन्न वाङ्मय एबं साहित्य पुरस्कार उनी सङ्गै विभिन्न बिधामा २७ जना श्रष्ठाहरु सम्मनित हुने भएका छन ।