लोकतान्त्रिक गैरसरकारी संस्था महासंघको चौथो जिल्ला अधिबेशन धनगढीमा सम्पन्न भएको छ ।
अधिबेशनको एक कार्यक्रमका बिच लोकतान्त्रिक गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य रबिनकान्त पन्त ले उद्घाटन गरेका थिए ।
अधिबेशनले पुनः देब वहादुर धामीको अध्यक्षतामा महासंघको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कन्चन योन्जन तामाङ,सचिवमा डण्डिराज सुबेदी,सहसचिवमा दल बहादुर अोली,कोषाध्यक्षमा चक्र नेपालीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा राजेन्द्र रैका,जागृति बोगटी,सरिता चौधरी,लिला भट्ट,प्रकाश पार्की र बाल कुमारी सुनारलाई चयन गरेको छ ।
कार्यक्रम जिल्ला अध्यक्ष देब बहादुर धामीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।







