लालझाडी- कञ्चनपुरमा आइसक्रिम बेच्ने ठेलागाडा पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षका नारद राना रहेका छन् । प्रहरीका अनुसार शनिवार साँझ पुनर्वास नगरपालिका-१० दोदास्थित धनगढी-बेलौरी हुलाकी सडकखण्डमा दोदाबाट विकाबस्तीतर्फ जाँदै गरेको आइसक्रिम बेच्ने साइकल (ठेलागाडा) पल्टिएको थियो । ठेलागाडा आफै अनियन्त्रि भई सडकबाट अन्दाजी ६ फिट तल खस्दा गम्भीर घाइते भएका उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा हिजो राति नै मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।