धनगढीः कैलालीको धनगढीमा खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१० जनकल्याण स्कुल नजिकबाट ३ ग्राम २६० मिलिग्राम खैरो हेरोईनसहित धनगढी उपमहानगरपालिका-३ बस्ने १८ वर्षीय किशोर र कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ बस्ने २१ वर्षीय समिर वडायकलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।







