आदरणीय नगरवासी बुवा आमा, दाजुभाई , दिदिबहीनी
तथा सम्पूर्ण राष्ट्र सेवकहरु ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) फैलिन नदिन उच्च सतर्कता अपनाउनु आवश्यक छ । यसको जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरालाई बुझेर उपमहानगरको श्रोत साधनले भ्याए सम्म सतर्कताको पूर्वतयारीमा जुटेको ब्यबहोरा सादर निवेदन गर्दछौं ।
सतर्कताको पूर्वतयारी अन्तरगत धनगढीको त्रिनगरभन्सार नाकामा फागुन २४ गते देखि हेल्थडेस्क राखेर भारतबाट नेपाल भित्रीनेहरुको चेकजाँच गरिरहेका छौं । नाकामै ३ वटा सैया सहितको निगरानी कक्ष स्थापना गरि २४ अैं घण्टा नै स्वास्थ्यकर्मी र एम्बुलेन्सको ब्यबस्था गरेका छौं । धनगढी बजारका मुख्य चोक र बसपार्कमा हात धुन सावुन पानीको ब्यबस्था गरेका छौं । प्रदेश सरकार, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी, निजी क्षेत्र, सामाजिक संघसंस्था र अन्य सरोकारवालाहरु संग सहकार्यका साथ पटक पटक समन्वयात्मक बैठक राखेर छलफल गरेका छौं ।
सतर्कताको कार्यमा सबै क्षेत्रबाट सहयोग पुगिरहेको छ । अझैपनि उपमहानगरपालिका आआफ्नो ठाउँबाट सहकार्य र समन्वयलाई निरन्तरता दिनहुन राजनितिकदल नगरबासी, स्थानीय प्रशासन र राष्ट्र सेवक सुरक्षाकर्मीहरु, नेपाल रेडक्रस सोसाईटी धनगढी,ब्यापारी लगायतका सामाजीक संघसंस्थाहरु संग समेत हार्दिक अपिल गर्दछौं ।
अहिलेको अवस्थामा सभा सम्मेलन, महोत्सव, भिडाभाडमा गरिने कार्यको आयोजना नगर्न नगरवासी संग अनुरोध गर्दछौं । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन,सिमावर्ती भारतीय वजारमा किनमेलका लागि नजान र सार्वजनिक स्थलमा भेला नहुन सबैलाई आह्वान गर्दछौं । सिनेमाहल, सांस्कृतिक केन्हरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्वीमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सवार,ट्यूसन सेन्टर, क्यासिनो संघ सरकारको निर्णय अनुसार नै बन्द गर्न अनुरोध गर्दछौं । यही बिषयलाई निहुँ बनाएर बजारमा दैनिक उपभोग्य सामाग्री, औषधी, ग्याँस र पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानुन अनुसार कडा कार्वाही गरिने ब्यहोरा अवगत गराउछौं ।
साथै कोरोनाको जोखिमबाट बच्नका लागि मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन, सरसफाईमा ध्यान दिन र ज्वरो आउने, थकाई लाग्ने, सुख्खा खोकी लागिरहेमा स्वास्थ्यकर्मीको परामर्श लिन सबैमा हार्दिक आह्वान गर्दछौं ।