नेपाल रानाथारु युवा समाजले काठमाडाैँमा चराँई मिलन एवं वनभोज कार्यक्रम मनायाे

२ बैशाख २०८१, आईतवार
नेपाल रानाथारु युवा समाजले काठमाडाैँमा  चराँई मिलन एवं वनभोज कार्यक्रम मनायाे

नेपाल रानाथारु युवा समाजद्वारा आयोजित नयाँ वर्ष शुभकामना आदनप्रदान संगै चराँई मिलन तथा वनभोज कार्यक्रम नेपाल रानाथारु समाज केन्द्रिय समितिका उपाध्यक्ष कमल सिंह राना ज्यूको प्रमुख अतिथित्वमा सम्पन्न भएको थियो । नेपाल रानाथारु युवा समाज हाल दर्ता हुने प्रक्रियामा रहेको हुँदा एउटा संस्थालाई जिवान्त बनाउन के–कस्ता प्रक्रिया, कार्यक्रम, रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिनुभयो ।

संगसंगै उहाँले काठमाडौँमा थोरै बासोबास रहेको रानाथारु समुदायले यस्ता एकतामुलक, समाजिक सद्भावना कायम गर्ने, संस्कृति, संस्कार, भेषभुषा, परिकार संरक्षण हुने कार्यक्रम गर्दै आएकोमा एकदमै खुशि ब्यक्त गर्नुभयो । कार्यक्रम मार्फत उहाँले सम्पुर्ण नेपालीजन तथा रानाथारु समुदायलाई नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना पनि दिनुभयो ।

काठमाडौँमा बसेका युवा तथा विद्यार्थी साथीहरुले छुट्टाछुट्टै तीनओटा कार्यक्रम गर्नुभन्दा तीनओटै कार्यक्रमलाई एकै रुपमा सम्पन्न गर्दा पैसा, समय अनि सहज पनि हुने भएकोले यसो गरेको भनेर नेपाल रानाथारु युवा समाजका उपाध्यक्ष अनिल रानाले बताउनुभयो । उहाँले थप्नुभयो, “हामीले ठ्याक्कै चराँई कार्यक्रम रानाथारु समुदाय भन्दा अलग्गिएर गरेका हैनौ र त्यसो गर्न ऐले सम्भव पनि नरहेको किनकि ठ्याक्कै चराँई गर्नलाई भुईंया, भर्रा देखि लिएर विभिन्न विधिविधान पुर्याउनुपर्ने हुन्छ, जुन काठमाडौंमा ऐलेलाई सम्भव छैन ।

त्यसो हुँदा हामीले रानाथारु समाजले मनाउने चराँई पर्वको टेम्प्लेट मात्रै अँगालेका हौँ । यसो गर्दा सबैले आ–आफ्नो घरबाट विभिन्न परिकार बनाएर ल्याउने हुँदा वनभोज जस्तो काठदाउरा/ग्यासको पनि जरुरत परेन, विभिन्न झन्झटिला जिम्मेवारी पनि लिनु परेन र साथै विभिन्नको घरबाट विभिन्न परिकार बनेर ल्याएको हुँदा एक–अर्काको परिकारपनि साँटा–साट भएर अत्मियताको भावना पनि विकास हुनेभयो ।”

नेपाल रानाथारु युवा समाजद्वारा गत वर्ष चैत्र १७ मा होरी मिलन तथा खक्डेहरा कार्यक्रम पनि सम्पन्न भएको र सोहि कार्यक्रमबाट काठमाडौँमा बासोबास गर्ने रानाथारु युवा/विद्यार्थीवर्गमा देखिएको उमंग, हर्षउल्लास अनि उत्साहलाई हामीले यस्तै विभिन्न कार्यक्रमहरु गर्दै लानुपर्छ र अगामी दिनमा यो भन्दा वृहत अनि समय सार्थक कार्यक्रम गर्ने भनेर आयोजक संस्थाका अर्का उपाध्यक्ष कमल रानाले बताउनु भयो ।

उहाँले काठमाडौँमा बासोवास गर्ने रानाथारु युवा समाजले आफ्नो कला, संस्कृति, परम्परा, भेषभुषा, परिकारलाई सधैं संरक्षण गर्दै लैजाने कुरामा कटिवद्ध रहेको पनि भन्नुभयो । नेपाल रानाथारु समाजद्वारा आयोजित उक्त कार्यक्रममा लगभग ४० जना जतिको सहभगिता रहेको थियो । अन्य समुदायका पनि केहि साथिभाईहरु अमान्त्रित गरिएको हुँदा उहाँहरुलाई रानाथारु समाजको संस्कृति, भेषभुषा, परिकारहरु चखाउनुको साथै रानाथारु पहिरन पनि देख्न सकिन्थ्यो । एकदमै बाजागाजा सहित संस्कृतिक तथा आधुनिक गीतमा रमाइलो गर्दै रानाथारु समुदाय काठमाडौँको उक्त कार्यक्रम समापन भएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio