सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

किसानलाई सिंचाई बोर र ईन्जिन हस्तान्तरण

किसानलाई सिंचाई बोर र ईन्जिन हस्तान्तरण

धनगढी, ४ चैत

धनगढी उप–महानगरपालिका वडा नं १७ का किसानहरुलाई मंगलबार सिंचाई बोर र ईन्जिन हस्तान्तरण गरिएको छ ।

धनगढीका नगरप्रमुख नृपबहादुर वड र वडा नं १७ का अध्यक्ष माधव राज रानाले किसानहरुलाई संचाई बोर र ईन्जिन हस्तान्तरण गरेका हुन । धनगरप्रमुख वडले धनगढी उप–महानगरपालिकाले किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । वडा नं १७ कृषी पकेट क्षेत्र हो नगरप्रमुख वडले भने, सिंचाई बोर र ईन्जिनले ब्यावसायीक किसानहरुलाई राहत पुग्ने छ । उप–महानगरपालिकाले किसानहरुलाई सिंचाई, कृषी उपकरण, विउ विजनमा सहयोग गर्दै आईरहेको छ नगरप्रमुख वडले भने, काम गर्न चाहनेका लागि अवसर नै अवसर रहेको छ ।

धनगढी उप–महानगरपालिका १७ का अध्यक्ष रानाका अनुसार किसानहरुलाई सिंचाई उपकरण खरिद गर्नका लागि वडाबाट १२ लाख रुपियाँ बिनियोजन गरिएको बताए । यही रकमबाट ९ वटा सिंचाई बोर र ८ वटा ईन्जिन हस्तान्तरण गरिएको वडा अध्यक्ष रानाले बताए । सिंचाई उपकरणहरु टोलबासीले आवश्यक परेको बेला प्रयोग गर्नेगरी ९ वटा टोलमा वितरण गरिएको अध्यक्ष रानाले बताए ।