५औँ राष्ट्रिय कठरिया संस्कृतिक होरी महोत्सव २०८० सम्पन्न

१० चैत्र २०८०, शनिबार
५औँ राष्ट्रिय कठरिया संस्कृतिक होरी महोत्सव २०८०   सम्पन्न

घोडाघोडी: हम्मर स्वाभिमान कठरिया पहिचान, संस्कृति सम्बर्द्धन हम्मर अभियान” भन्ने मूल नाराका साथ पाँचौं
राष्ट्रिय कठरिया संस्कृतिक होरी महोत्सव २०८० कैलालीको घोडाघोडी नगरपालिका -११ मा सम्पन्न भएको छ।

कठरिया समाज नेपालकाे केन्द्रिय अध्यक्ष दुखीराम कठरियाको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी
सुदुरपश्चिम प्रदेश सरकारको मुख्यमंत्री मा.कमल शाह, विशिष्ट अतिथि सुदुरपस्चिम प्रदेश सरकारको मंत्री
मा.खुशीराम चौधरी, विशिष्ट अतिथि बर्दगोरीया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी, अतिथिहरू ,बडघर भलमंसा
कठरिया समुदायका अग्रज व्यतित्व, बिभिन्न गाउँका होरी झाँकी,समाजसेबी,पत्रकार तथा सुरक्षाकर्मीहरूको
उपस्थिति रहेको थियो।
होली पर्व कठरिया समुदायमा एक विशेष महत्व राख्दछ। यो समुदायमा होली करिब १ महिना चल्ने गर्दछ, होरी
नाचमा गीत गाउँदै गाउँका यूवायुवतीहरु ढोलमा नाच्ने प्रचलन रहेको छ। अन्तमा खखडहेरा पर्वको दिन समापन
गरिन्छ।

कठरिया समाज नेपालको सचिब अनिल कठरियाले होरी महोत्सवको बारेमा स्पष्ट पार्दै संस्कृती र पहिचान जगेर्ना गर्ने
नारा भए पनि धेरै जना मौलिक पोशाक नलगाएको भन्दै गुनासो पोखेका थिए भने बाँकेको नेपालगञ्ज स्थित आफनै
निवासमा राती चोरहरुको समूहको आक्रमणले ज्यान गुमाएका कठरिया समुदायको होनहार यूवा नेता तथा कठरिया
समाज नेपालको संस्थापक महासचिव स्व. सन्तोष कठरियाको परिवारलाई न्याय मिल्ने गरी चाँडो भन्दा चाँडो दोषी
पत्ता लगाई कारबाहीको माग गरेका थिए।

कठरिया समुदायका हकहितका लागि ५ बुँदे माग सहितको ज्ञापनपत्र अध्यक्ष दुखीराम कथरियाले मुख्यमन्त्री
शाहलाई बुझाएका थिए।
कठरियाथारु समुदायको कला, संस्कृति लोपहुँदै गई रहेकोले त्यसको संरक्षण सम्वर्द्धनका लागी कठरिया साँस्कृतिक
होरी महोत्सवको आयोजना गरिएको कैलारी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष तारामल कठरियाले बताउनु भयो।
होरी महोत्सबमा विभिन्न वक्ताहरुले मन्तव्य राख्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए।

होरी महोत्सवमा कठरियाथारु समुदायका बिभिन्न गाउँका ५८ ओटा होरी नाँच झाँकीका रूपमा प्रस्तुत गरिएको
थियो। कैलालीको कैलारी ,जोशीपुर, जानकी, बर्दगोरिया गाउँपालिका, भजनी, घोडाघोडी, टीकापुर, गौरीगंगा,
लम्कीचुहा नगरपालिकाका बिभिन्न ठाउँबाट कठरियाथारु समुदायको बसोबास रहेकाे छ भने दुई स्थानीय पालिकाको
उपप्रमुखमा कठरियाथारु समुदायबाट प्रतिनिधित्व रहेकाे छ।
कठरिया समाज नेपाल द्वारा आयोजित होरी महोत्सव पहिलो पटक वर्दगोरिया, कोटा तुल्सीपुरमा भएको थियो भने
दोस्रो भजनी ७ चर्रा, त्यस्तै तेश्रो कैलारी -८ लौसा तथा चौथो जोशीपुर -६ सिमरीमा भएको थियो।

विश्वमा रहेका ५ हजार जाती मध्ये कठरिया थारु पनि एक हो।कठरिया थारु भाषामा अध्यापनका लागि कठरिया थारु
शब्दकोश तयार गरिँदै छ,यही महोत्सबमा विमोचन गर्ने तयारी भए पनि छपाईको ढिलाइले गर्दा केही समय अझै लाग्ने
कठरिया समुदायका बुद्धिजीवी तथा पुर्ब संस्थापक कोषाध्यक्ष सुरज कठरियाले बताउनुभयो।
हरेक समूदायको आ आफ्नो कला संस्कृती,भेषभुषा, रीतिरिवाज छन्,यी सबै कारणले हामी समाजमा चिनिएका छौ।
यसकाे सँरक्षण गर्ने राज्यको दायित्व पनि हो।

कठरिया समूदायको माग पत्र प्राप्त भएको र त्यस प्रति ध्यान रहेको साथै प्रदेश सरकारको पूरा सहयोग रहने भन्दै
मुख्य मंत्री मा.कमल शाहले प्रतिबद्धता जनाउनु भएको थियो।
कार्यक्रम सञ्चालन टी.आर. कठरिया तथा चम्फा देबी कठरिया गर्नुभएका थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio