रानाथारू समुदाय खखडेहरा पर्व मनाउदै ,प्रदेश सरकारलाई धन्यवाद दिए , नेराथास

४ चैत्र २०७६, मंगलवार
रानाथारू समुदाय खखडेहरा पर्व मनाउदै ,प्रदेश सरकारलाई धन्यवाद दिए , नेराथास

 धनगढी,४ चैत २०७६

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा मंगलबार खखडेहरा मनाउँदै छन् । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् । यसै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले मंगलबारका दिन कञ्चनपुर र कैलालीका सम्पूर्ण सरकारी कार्यालयहरू एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिएको छ ।

खखडेहरा पर्व मनाउन जाँदै गरेकाे

रानाथारु समुदायको महत्वपूर्ण पर्व खखडेहरामा पहिलो पटक सार्वजनिक विदा दिएकोमा नेपाल रानाथारु समाजले प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाले रानाथारु समुदायको संस्कृति संरक्षण, सम्वर्धन र विकासमा टेवा पुर्याउन दिएको सार्वजनिक विदा राज्यको तर्फबाट पहिलो पटक भएकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री, मन्त्रीपरिषद् र प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio