कैलाली । बहुउद्देश्यीय बिकास समाज डडेल्धुराको अायोजनामा बिपद ब्यवस्थापनका लागि टास्क फोर्ससंग बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न कैलारी गाउँपालिका वडा नं ६ जमुनीपुरमा सम्पन्न भएको छ ।
कैलारी गाउँपालिकाको समन्वय,KERK IN ACTIE र CORDAID सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेलधुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत उक्त कार्यक्रमको अायोजना गरिएको हो ।
बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरि उनीहरुलाई नै परिचालन गर्ने उद्घेश्यले उक्त अभिमुखीकरण गरिएको हो । कार्यक्रमको सहजीकरण बहुउद्देश्यीय बिकास समाजका डिअारअार टेक्निकल एक्सपर्ट राजेन्द्र रैका र सामाजिक परिचालक सर्मिला चौधरी ले सहजीकरण गरेका थिए ।







