धनगढी । परियार सेवा समाज सुदुरपश्चिम प्रदेशको भेला धनगढीमा सम्पन्न भएकाे छ । भेलाले नेपाल दलित संघ,कंचनपुरका अध्यक्ष गणेश नेपालीकाे अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति चयन गरेकाे छ।

समितीको उपाध्यक्षमा टेकबहादुर परियार,विष्णु नेपाली र प्रदिप मलासी रहेका छन् । त्यसैगगरी सचिवमा दुर्गा नेपाली,सह-सचिवमा सन्ताेष रैगाई काेषाध्यक्षमा रमेश नेपाली चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा माेहन दमाई,हरि नेपाली,लालु दास,नरेश रैगाई,अनिल रैगाई,प्रकाश सुनकाेशी,तिलक परियार,वीर बहादुर नेपाली, गणेश नेपाली र खेमा परियार चयन भएका छन् । परियार समुदाय बिच एकता,सद्भाव अापसी हित,अधिकार, समानता ।,

न्याय र पहिचानको संरक्षण एंव सम्बद्घन गर्ने उद्घेश्यले संगठन निर्माण गरिएको परियार सेवा समाज कैलालीका अध्यक्ष एंव धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य चक्र नेपाली ले जानकारी उक्त कार्यक्रममा बताउनु भयो ।