कैलाली । भजनी नगरपालिकाको समन्वय र Kerk in actie र Cordaid को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्वारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं ५ लालबोझी कान्द्रा नदीको तटिय क्षेत्रमा जैबिक तटबन्ध अन्तरगत बृहत बृक्षारोपण गरिएको छ ।

बाढी तथा डुबान र माटो कटानबाट प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागीतामा कान्द्रा नदीको पश्चिम तिर करिब १३ सय मिटरमा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रमको शुभारम्भ भजनी नगरपालिका नगर प्रमुख केबल चौधरी ले गरेका थिए । कार्यक्रममा नगर प्रमुख चौधरी ले MPDS ले स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरण सम्बन्धि समुदायमा सचेतना अभिवृद्धि गरी जैबिक तटबन्धका लागि बृहत् बृक्षारोपण कार्यमा सहकार्य गरेकोमा प्रशंसा सहित धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले बाढी,डुबान लगायतका बिपदबाट समुदायलाई जोगाउन सचेतीकरण प्रभावकारी हुने भएकाले त्यसका लागि पालिकाको तर्फबाट अाफूहरु अागामी दिनमा पनि सहकार्य गर्न तत्पर रहने बताए । स्थानीय बिपद ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर साउँदले यो बृक्षारोपणले कान्द्रा नदिले गर्ने निरन्तरको माटो कटानीलाई रोक्ने र लालबोझीको बस्ती डुबान हुनबाट बच्ने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा भजनी नगरपालिका वडा नं ५ का अध्यक्ष केशब बुढा,सदस्य राजेन्द्र खनाल, परियोजनाका डिअारअार टेक्निकल एक्सपर्ट राजेन्द्र रैका, बिपद पूर्बसूचना टास्कफोर्सका संयोजक कृष्ण बुढा,सामाजिक परिचालक बिष्णु जैसी लगायतकाको सहभागीता रहेको थियोे । कार्यक्रम स्थानीय बिपद ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको थियोे ।