धनगढी, ३ त्रैत
धनगढी उप–महानगरपालिकाले नगरले सम्पादन गर्ने कामलाई प्रभावकारी बनाउन संस्थागत स्वःमुल्याङ्कन कार्य सुरु गरेको छ ।
सोमबार देखि सुरु भएको स्वःमुल्यांकन ५ दिन सम्म संचालन हुने धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । धनगढी उप–महानगरपालिकाले थुपै कामहरु गरेको छ नगरप्रमुख वडले भने, त्यसलाई नीति र विधी अनुसार चलाउन सक्यौ कि सकेनौ सबै कुराको लेखाजोखा आफैले गर्ने छौं । नगरप्रमुख वडले स्थानीय सरकारले गर्ने कामलाई प्रभावकारी बनाउनका लागि आफैले मुल्यांकन गर्ने र खाडल पत्ता लगाएर त्यसलाई समाधान गर्ने उदेश्यले संस्थागत स्वःमुल्याङ्कन भैरहेको बताए । धनगढी उप–महानगरपालिका जनप्रतिनिधीहरु , विभागीय प्रमुखहरुले आफुले गरेका कामहरुको आफै मुल्याङ्कन गर्ने छन् नगरप्रमुख वडले भने, यसबाट निकै ठूलो सिकाई हुने आशा गरेका छौं ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले आफुले गरेका कामको आफै मुल्याङ्कन गर्ने र त्यसबाट पाठ सिक्दै अगाडी बढ्ने (लिजा) विधी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको बताईन । उनले भनिन्, यसमा स्थानीय सरकार संचालन ऐन, लगायत स्थानीय सरकार संग सम्वन्धीत कानुनको पालना कति हुन सकेको छ भनेर स्वयं मुल्याङ्कन गरिन्छ ।
संस्थागत स्वःमुल्याङ्कन कार्यमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्व सहसचिव पुरुसोत्तम नेपाल र पशुपती पोख्रेलले सहजीकरण गरिरहेका छन् । संस्थागत स्वः मुल्याङ्कन कार्यमा जिआईजेड÷सिडिएसजी कार्यक्रमको प्राविधीक सहयोग रहेको छ । संस्थागत स्वःमुल्याङ्कनमा १ सय ५० सूचकहरु रहेका हुन्छन् ।