सिमामा चौविस घण्टा कोरोना भित्रिन नदिन चेकजाँच भैरहेको छ , नगरप्रमुख वड

२ चैत्र २०७६, आईतवार
सिमामा चौविस घण्टा कोरोना भित्रिन नदिन चेकजाँच भैरहेको छ , नगरप्रमुख वड

धनगढी, २ चैत
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले त्रिनगर भन्सार नाकामा चौविस घण्टा नै स्वास्थ्यकर्मीहरु राखेर नेपाल भित्रीनेहरुमा कोरोना भाइरस भित्रिन नदिन चेकजाँच भैराखेको बताएका छन् ।
फागुन २४ गतेबाट त्रिनगर भन्सार नाकामा हेल्थ डेस्क राखेर चेकजाँच भैरोको छ नगरप्रमुख वडले भने, दैनिक २ हजार भन्दा बढीको चेकजाँच भैरहेको छ । दैनिक २ देखि ३ जना स्वास्थ्यकर्मीहरु थर्मो स्केल लिएर चेकजाँच गरिरहेका छन् नगरप्रमुख वडले भने, धनगढी उप–महानगरपालिकाको श्रोत र क्षमताले भ्याए सम्म काम गरिरहेका छौं ।
कोरोना सम्मेदनशिलताका बारेमा जनचेतना फैलाउन पर्चा पम्मलेटहरु समेत हेल्थडेस्कबाट भैरहेको छ नगरप्रमुख वडले भने, गरेको कामलाई पनि ग¥यो भन्न नसक्नेलाई हामीले स्पष्टीकरण दिनु आवश्यक छैन ।
चेकजाँचका क्रममा बिरामी भेटिएमा स्वास्थ्य संस्था सम्म पु¥याउने एम्बुलेन्स सिमामा तयारी अवस्थामा भएको भए राम्रो हुने थियो धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले भने, त्यो साधन नगरपालिका संग छैन । भारतको राजधानी दिल्लीमा कोरोना भाईरसको संक्रमण देखापरेको खवर बाहिर आएपछि नेपाल भारत सिमवर्ती शहर धनगढीमा उच्च सर्तकता अपनाईएको छ । धनगढीबाट दिल्लीको दुरी ४ सय ३९.७ किलोमिटरको दुरी रहेको छ । सडक यातायातबाट ९ घण्टा ४२ मिनेटमा धनगढीबाट दिल्ली पुगिन्छ

Wedding Story advertisement Of Jems Movies & Photo Studio