नरेश राना कञ्चनपुर। लालझाडी गाउँपालिका वडा नं. ०५ स्थित देखतभुली खेलमैदानमा लालझाडी-५ को आयोजना र ईटाहा चारपाते युवा क्लबको सह-आयोजनामा माघ ५ गते देखि छैठौ संस्करण को ICYC वडा अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ। २०७३ साल देखि निरन्तर यो प्रतियोगिता हुँदै आएको छ। दर्शक र खेलाडीहरुले एकदमै रुचाएको प्रतियोगिता ICYC CUP यो वर्ष पनि सञ्चालन भइरहेको छ।

त्यस्तै फुटबल प्रतियोगितामा कैलाली र कञ्चनपुरका टिमले सहभागिता रहेको कार्यक्रम संयोजक रामदास राना बताउनुभएको थियो। यस बर्ष पुरस्कार राशी प्रथमलाई १ लाख ०१ हजार १ सय ११ रुपैया नगद सहित सानदार ट्रफी, मेडल र प्रमाण पत्र राखिएको छ भने द्वितीय पुरस्कार : ५५ हजार १ सय ५५ रुपैया नगद सहित सानदार ट्रफी, मेडल र प्रमाण पत्र राखिएको I

CYC का संस्थापकले बताएका छन्। त्यस्तै प्रत्येक खेल को म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर सर्वाधिक गोलकर्ता र राइजिङ प्लयेर अफ द टुर्नामेन्ट लाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।यस फुटबल प्रतियोगिता मा जम्मा २६ टीम को सहभागिता रहेको छ। तेस्रो दिनको I

CYC वडा अध्यक्ष कप फुटबल २०८० पहिलो खेल: ईटाहा फुटबल क्लब तिल्की र पर्सिया फुटबल क्लब बीचको खेलमा ० गोलका विरुद्ध ५ गोल गर्दै पर्सिया फुटबल क्लब बिजयी भएको छ। त्यस्तै दोस्रो खेल: टिम NYC वाणी र पिपरिया फुटबल क्लब बीचको खेलमा ० का विरुद्ध २ गोल गर्दै NYC वाणी विजयी भएको छ र आजको तेस्रो खेल ICYC(White) र सुन्दरपुर SSSDC को खेल मा ० का विरुद्ध ७ सुन्दरपुर sssdc विजय भएको छ।