नरेश राना / कञ्चनपुर कञ्चनपुरमा दिनप्रतिदिन अत्यधिक चिसो बढेपछि कञ्चनपुर केही स्थानीय तहहरूले आफू मातहतका विद्यालयहरूमा दुई दिनका लागि चिसो बिदा दिएका छन् ।

भोलि ४ र ५ गतेका लागि कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालसकाले चिसो विदा दिने निर्णय गरेका छन् । दुई पालिकाले चिसो विदा दिइएको सूचना सार्वजनिक गरेका छन् भने बेलडाँडी गाउँपालिकाले केही समयमै सूचना निकाल्ने प्रवक्ता गज बहादुर बिष्टले जानकारी गराएका छन् ।

बिष्टका अनुसार आफुहरू अस्तव्यस्त भएकाले सूचना निकाल्न ढिला भएको जनाउदै अध्यक्ष ज्यू संग विदा दिने सल्लाह भईसकेको जनाए । मौसम प्रतिकुलताका कारण अत्याधिक चिसो बढ्न गई विद्यार्थीहरुको पठनपाठनमा असहजता र स्वास्थ्य अवस्थामा समेत प्रतिकूल असर पर्ने अवस्था भएकाले विदा दिईएको हो ।

यसरी तराईमा अत्यधिक तिसो बढेर बाल बालिकाहरु प्रभावित भईरहेका बेला कञ्चनपुरका तीन पालिका बाहेक अन्य पालिकालाई केही मतलब भने नदेखिएको अभिभावकहरुले बताएका छन । अभिभावकहरुले छोराछोरी विद्यालय पठाउन समस्या भएको बताएका छन