कञ्चनपुर, २९ पुस । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगर कार्यपालिकाको १४औँ नगर सभाबाट ७ ऐन पारित गरेको छ । नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा बसेको नगर सभाबाट वन तथा वातावरण संरक्षण ऐन २०८०, संस्था दर्ता ऐन २०८०, मेलमिलाप सम्बन्धी नियमावली २०८०,
खानेपानी सरसफाइ तथा स्वच्छता ऐन २०८०, सुरक्षित खानेपानी युक्त समुदाय घोषणा निर्देशिका, स्थानीय तह खानेपानी गुणस्तर अनुगमन कार्यविधि, स्थानीय तहका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली मार्गदर्शन सर्वसम्मत पारित गरिएको हो ।यस्तै १४ औँ नगर सभाबाट ८ वटा कार्यविधि संशोधन गरिएको छ ।
नगर प्रहरी ऐन, न्यायिक समिति कार्यविधि २०७५, छाडा चौपायाको नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७४, आन्तरिक आय (ठेक्का) बन्दोबस्त सम्बन्धी नियमावली २०७६, शिक्षा सेवा संशोधन नियमावली २०७५, कृष्णपुर नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५, सहकारी नियमावली र वन ऐन २०७८ सम्बन्धी कार्यविधि सर्वसम्मत पारित गरिएको हो ।







