धनगढी। बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुराको अायोजनामा बिपद टास्क फोर्स र स्थानीय समुदायका अगुवाहरुका लागि बिपद ब्यवस्थापन तथा पूर्ब सूचना प्रणाली (EWS) सम्बन्धि अभिमुखीकरण कार्यक्रम भजनी नगरपालिका वडा नं ८ सोनाफँटामा सम्पन्न भएको छ ।
भजनी नगरपालिकाको समन्वय,KERK IN ACTIE र CORDAID सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेलधुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत उक्त कार्यक्रमको अायोजना गरिएको हो ।
बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरि उनीहरुलाई नै परिचालन गर्ने उद्घेश्यले उक्त अभिमुखीकरण गरिएको सोनाफाँटा बिपद ब्यवस्थापन समितिका अध्यक्ष गणेश बिक ले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घघाटन गर्दे भजनी नगरपालिका वडा नं ८ का अध्यक्ष पंकज चौधरी ले टास्क फोर्सको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा अाफूहरुले वडाको तर्फबाट पनि सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा वडा नं ८ का कर्मचारी जय ढुगाना लगायतका मन्तब्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण बहुउद्देश्यीय बिकास समाजका डिअारअार टेक्निकल एक्सपर्ट राजेन्द्र रैका र सामाजिक परिचालक बिष्णु जैशी ले सहजीकरण गरेका थिए ।







