नन्दलाल राना /धनगढी। नेपाल बुद्घिजीवी परिषद जिल्ला समिति कैलालीले वत्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रम प्रकाश छेडालको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाल बुद्घिजीवी परिषद केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्र्चाज गोमा अचार्य रहनु भएको थियो ।

“नेपालमा शिक्षा र रोजगारी” विषय वत्तृत्वकला प्रतियोगितामा दुई दर्जन भन्दा वढी विद्यार्थीहरुले सहभागी जनाएका थिए । प्रतियोगितामा सवै सहभागी विद्यार्थी भाईवहिनीहरुको राम्रो प्रस्तुति रहेको र निर्णयक मण्डललाई निर्णय गर्न समेत हम्मे हम्मे भएको बताए निर्णयक मण्डलका संयोजक नास्ट कलेजका प्रध्यापक नवराज जोशी ।

उक्त प्रतियोगितामा प्रथम ईश्वरीय विधानिकेतनका छात्र निर्मल गौतम दृतिय धनगढी नमुना प्रविधि माध्यमिक विद्यालयकी छात्रा सर्मिला धानुक र तृतिय सुदुरपश्ञ्चिम एकेडेमीकी छात्रा पार्वती सापकोटा भएका छन । विजेताहरुलाई प्रमाण पत्र सहित नगद रु ३००० ,रु २०००, र रु १००० दिने जानकारी कार्यक्रम संचाल सचिवलय सदस्य रण बहादुर चौधरीले जानकारी दिए ।







