कृष्णपुरले नदीजन्य पदार्थ उत्खननका लागि बोलपत्र आह्वान

१ पुष २०८०, आईतवार
कृष्णपुरले नदीजन्य पदार्थ उत्खननका लागि बोलपत्र आह्वान

कञ्चनपुर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका  लागि बोलपत्र आह्वान गरेको छ। मोहना, मछेली, बन्द र बनरा गरी चारवटा नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि नगरपालिकाले बोलपत्र आह्वान गरेको हो।  तीन करोड ९९ लाख पाँच हजार ७ सय ५६ न्युनतम बोलपत्र रकम (मूल्य अभिवृद्धि) करसहित बोलपत्र आह्वान गरिएको छ।

ती चारवटै नदीबाट एक लाख ६६ हजार ८३१ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि सूचना जारी गरिएको हो। कृष्णपुर नगरपालिकाले नदीजनन्य पर्दाथ उत्खननका लागि आज (आइतवार) चौथो पटक सूचना जारी गरेको हो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio