भुवनेश्वरी राना/ धनगढी । कस्टुमर केयर सम्बन्धी पाँच दिने तालिम धनगढीमा सम्पन्न भएको छ ।नेपाल टुर एण्ड ट्राभल्स एशोसियनसन (नाटा)को आयोजनामा हस्पिटालिटी क्षेत्रमा कार्यरत कर्मचारी तथा सञ्चालकको क्षमता अभिवृद्धि गर्न पाँच दिने तालिम सम्पन्न भएको हो ।

Matshove-final-01_20231204102806

नाटाका अध्यक्ष पदम विक्रम सिंहको अध्यक्षतामा भएको तालिममा उद्योग, पर्यटन, वन तथा वातावरण सचिव जिवनाथ पौडेलको प्रमुख आतिथ्यमा तालिम सम्पन्न गरिएको थियो । होटल तथा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी तथा सञ्चालकको सहभागितामा तालिम गरिएको अध्यक्ष सिंहले बताए । उनका अनुसार सो तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिम मंसिर २२ देखि २६ गते सम्म संचालन भएकाे थियाे ।

तालिममा प्रशिक्षक पुजा डंगोलले पर्यटन तथा होटल क्षेत्रमा आतिथ्यको स्वागत, सम्मान तथा थप ग्राहकलाई सन्तुष्ट बनाउन सकिन्छ लगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।कार्यक्रममा पर्यटन बोर्डका प्रबन्धक केवी खडका विक्रम शाहको पनि सहभागिता रहेको थियो ।

नाटा उपाध्यक्ष धन्नज्य जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव शिवहरी पाण्डेले गरेका थिए । नाटाले पर्यटन प्रवद्र्धनका लागि टुर, अन्तरक्रिया, बहस, तालिम लगायतका गतिविधि गर्दै आएको छ ।