स्वास्थ्य केन्द्र बेलीले २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयँ सेविका दिवस मनायो

१९ मंसिर २०८०, मंगलवार
स्वास्थ्य केन्द्र बेलीले २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयँ सेविका दिवस मनायो

दिनेश राना/ धनगढी । स्वास्थ्य क्षेत्रमा दिगो विकास , महिला सामुदायिक स्वास्थ्य स्वयँ सेविकाको संयुक्त प्रयास भन्ने मुल नारका साथ धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित सहरी स्वास्थ्य प्रवद्घन केन्द्र बेलीले २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयँ सेविका दिवस मनायो भव्यताका साथ मनायो ।


उक्त कार्यक्रम धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष मोति रानाको सभाअध्यक्षमा सम्पन्न भएको थियो भने अतिथीहरुमा वडा नं. ७ कै वडा सदस्य विक्रम बहादुर खाती, बासु राना,

महिला सदस्य सरस्वती चन्द , दलित सदस्य इन्द्र देवी ल्वार रहनु भएको थियो भने अतिथीहरुमा सरस्वती मा.वि.का प्र.अ. ज्ञनेन्द्र बहादुर शाह,समाजसेवी रामऔतर राना, प्रतिम जोशी वडा सचिब शुशिला पाण्डे , स्वयंसेवीका इन्द्र राना,कौशिल्या राना,माया चौधरीले शुभकामना मनतव्य दिनु भएको थियो ।

कार्यक्रमको संचालन सहरी स्वास्थ्य प्रवद्घन केन्द्र बेलीकी इन्चार्ज जयकला रावलले गर्नु भएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio