नरेश राना/ कञ्चनपुर कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं २ को अमर ज्योति युवा क्लब को खेलमैदान मा मंसिर ३ गते देखि शुरू भएको खेलमा २४ टीम को सहभागिता मा फाइनल खेल यही मंसिर १६ गते शनिबार १ बजे हुने लालझाडी गाउँ खेलकुद विकास समितिका अध्यक्ष प्रकाश राना ले जानकारी गर्नु भएको थियो ।

लालझाडी गाउँ खेलकुद समितिको आयोजना र लालझाडी गाउँपालिकाको समन्वयमा सर्वाधिक धनराशी खेल भएको छ। विजेता र उप-विजेतालाई क्रमशः २ लाख ५०हजार ५ सय ५५ रुपैया र १ लाख ५० हजार ५ सय ५५ रुपैया सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नेछौ ।
फाइनल खेलमा राना युथ क्लब-राजपुर र लालझाडी खेलकुद खेल समिती -निलो आयोजक टिम बिच कडा प्रतिस्पर्धा हुने भनेर आयोजकले जानकारी दिनु भएको थियो।







