स्थानीय तह मा प्रम्भिक बालविकास कार्यविधि निर्माणसम्बन्धी परामर्श कार्यशाला लालझाडीमा सम्पन्न

७ मंसिर २०८०, बिहीबार
स्थानीय तह मा प्रम्भिक बालविकास कार्यविधि निर्माणसम्बन्धी परामर्श कार्यशाला लालझाडीमा सम्पन्न

नरेश राना / कञ्चनपुर

कञ्चनपुरको लालझाडीमा २ दिने स्थानिय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माणसम्बन्धी परामर्श कार्यशाला सम्पन्न भएको छ।

सेतो गुराँस राष्टिय बाल विकास कार्यशाला द्वारा लालझाडी गाउँपालिका को हेल्टपोस्ट मा सो गोष्ठि सम्पन्न भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो। कार्यक्रममा सेतो गुराँस राष्ट्रिय बालविकास का सहजकर्ता मोहनराज निरौला ले लालझाडी गाउँपालिका का उपाअध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की , प्रत्येक वार्ड का वार्ड अध्यक्ष ,कार्यपालिका सदस्य,सम्बन्धित शाखा का कर्मचारी हरुलाई गाउँपालिका मा हुने सम्बन्धित शाखा का कर्मचारी हरु लाई अब आउने दिनमा ना बुझेका काम हरु लाई सहज किसिमले गर्न का निम्ति सो कार्यशाला गोष्ठी सञ्चालन गरिएको थियो। खास गरी वाल विकास लाई बढी जोड दिई साथै महिला सबन्धी हुने समस्या को बारेमा सो गोष्ठी सम्पन्न भएको थियो।आउने दिन मा लालझाडी गाउँपालिका ले ३ ओटा कार्यक्रम गर्ने योजना बनाएको छ।

१) प्रारंभिक बालविकास को लागि रुजुसुचि कार्यक्रम

२)घरमा आधारित प्रा.बालविकास कार्यक्रम

३)अभिभावक शिक्षा कार्यक्रम

स्थानिय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माणसम्बन्धी परामर्श कार्यशाला गोष्ठी लाई युनिसेफ नेपाल को सहयोग मा लालझाडी गाउँपालिका को आयोजनामा सेतो गुराँस राष्ट्रिय बालविकास केन्द्र को सहयोग मा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम लाई सेतो गुराँस राष्ट्रिय बालविकास केन्द्र का सहजकर्ता पदम सुन्दर लिम्बू र लालझाडी गाउँपालिका का बालविकास संयोजक सुनिता राना ले सहजीकरण गर्नु भएको थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio