एसईई आईडल ३ मा चटकपुरको एम.बि. बिजनेशको साथ

२४ आश्विन २०८०, बुधबार
एसईई आईडल ३ मा चटकपुरको एम.बि. बिजनेशको साथ

धनगढी । सुप प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आईडल-३ मा प्रायोजकहरु जोडिने क्रम जारी रहेको छ । यसै बिचमा फर्निचर पार्टनरका रुपमा धनगढी चटकपुर स्थित फर्निचर बिक्रि केन्द्र एम.बि. बिजनेश पनि एसईई आईडल ३मा जोडिएको छ ।

एसईई आईडल-३ को आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का अध्यक्ष प्रकाश छेडाल र एम.बि. बिजनेशका संचालक कपिल जोशीले आज प्रायोजन सम्बन्धि सम्झैता पत्रमा हस्ताक्षर गरेका छन् । कला क्षेत्रक‍ो प्रबर्द्धन आफ्नो पनि जिम्मेबारी भएकाले यस कार्यक्रममा जोडिएको कुरा संचालक भट्टले बताए ।

एसईई आईडलको यस संस्करणमा गुरुजि सटिङ एण्ड सुटिङ, समैजी अफसेट प्रेस, होटल डिभोटी पनि प्रायोजकको रुपमा जोडिसकेका छन् । एसईई आईडलका सुपका ९ जिल्लाका २५ बढी स्थानहरुमा अडिसनहरु आयोजना हुनेछन् । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् । यस बर्षको असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् ।

जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् ।

दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio