धनगढी । डेउडा संस्कृति संरक्षण प्रतिष्ठानको प्रथम बार्षिक साधारणसभा गोदाबरी नगरपालिकाको लालपुरमा सम्पन्न भएको छ । साधारणसभाको एक भब्य समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि एंव सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि.एन.जोशी ज्यू ले उद्घाटन गरेका थिए ।
बार्षिक साधारणसभामा प्रतिष्ठानका कोषाध्यक्ष रत्ना भण्डारीले रु ६,२३,५०० बराबरको अाय र ५,८८,३५५ बराबरको ब्यय सहितको बार्षिक लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेकी थिईन ।
कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि.एन. जोशी, गोदाबरी नगरपालिका वा नं ६ का अध्यक्ष जग्गुराम चौधरी,दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्र बहादुर ऐर,मानवअधिकार संरक्षण मंच नेपालका प्रदेश सचिब राजेन्द्र रैका,सुदूरपश्चिम कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरु,लगायतकाले मन्तब्य राखेका थिए ।
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न क्षेत्रका कलाकारहरुले डेउडा,नृत्य,कबिता,गित लगायतका प्रस्तुतिहरू राखेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष एंव साँस्कृतिक अभियन्ता ध्रुब बहादुर सिँह को अध्यक्षतामा सम्पन्न भएको थियोे ।