कञ्चनपुर । गाँउकै बहिनी सरह एक युवतीलाई जागिर दिलाईदिन्छु भन्दै अनेकन प्रलोभन देखाएर यौनशोषण गरेर बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एमाले कञ्चनपुरका युवा नेता अमर रानालाई पार्टीबाट कार्वाही गरिएको छ ।
एमाले लालझाडीका प्रभावशाली नेता अमर रानाले गाँउकै २२ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा मुद्दा दायर भएपछि एमाले पार्टीले रानालाई कार्बाही गरेको हो ।
एमाले लालझाडीले एक प्रेस विज्ञप्ती जारी गर्दै मुद्दाको किनारा नलागुन्जेलसम्म निलम्बन गरिएको जनाएको छ । एमाले लालझाडीका अध्यक्ष ओम प्रकास रानाले हस्ताक्षर गरेको विज्ञप्तीमा मुद्दाको टुङगो नलाग्दासम्म अमरलाई कार्वाही गरिएको जनाएको छ । मुद्दा दर्ता गर्न किन गएको भन्दै अमर रानाले आफुमाथि कुटपिट गरेको भन्दै अर्का युवक रोहित बडायक प्रहरीमा पुगेका छन । एमाले नेतृत्वको लालझाडीमा स्थानीय सरकार भएकाले एमाले नेता अमर रानाले युवतीलाई जागिर दिलाईदिन्छु भन्दै लोभलालसा देखाएर बलात्कार गरेको पीडित परिवारको दुखेसो छ ।