धनगढी ।
कैलालीका शिक्षकहरुले रानाथारुहरुको मौलिक तिउहार तिज पर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेका छन । शुक्रबारका दिन रानाथारु शिक्षक समुहले रानाथारुहरुको विशेष तिउहार तिज पर्वको उपलक्ष्यमा धनगढी उपमहानगर पालिका (११ मा रानाकाला संरक्षण एवं विकास मञ्चको भवनमा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम वेला आधारभुत विद्यालयका प्र.अ. महाविर रानाको सभापतित्वमा भएको थियो भने सभापति शिक्षा युवा तथा खेलकुद महाशाखा धनगढीका शाखाअधिकृत घुम्मन सिंह बडायक रहनु भएको थियो । रानाथारु सामुदाय शिक्षामा त्यति चासो दिइरहेको छैन । रानाथारु संग धन पनि छ र ज्ञान पनि छ , तर त्यसलाई सदुउपयोग गर्ने सक्षमता नभएकोले अगाडि वढन सकिरहेको छैन भनेर बताउनु भयो अधिकृत वडायक ।
त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथी नेपाल रानाथारु समाज केन्द्रिय महासचिब तथा ठेकराज मा.वि. का शिक्षक भक्त राज राना, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय सदस्य नेत्रा नाथ रहनु भएको थियो ।
अतिथीहरुमा नेपाल रानाथारु समाज कैलाली जिल्ला अध्यक्ष लालबहादुर राना, शिक्षक महासंघ कैलालीका सचिब मनराज यादब, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कोषाध्यक्ष नन्दलाल राना, सहकोषाध्यक्ष रेखा कुवँर , सानिमा लाइभ इन्सुरेन्स शाखा अधिकृत पुरन रानाले तिज पर्वको शुभकामना दिनुभएको थियो ।
कार्यंक्रमको स्वागत मन्तव्य वि.पि. आधारभुत विद्यालयकी शिक्षक विलासो रानाले गर्नु भएको थियो भने शिव गंगा आधारभुत विद्यालयकी शिक्षक करुवा रानाले कार्यक्रम संचालन गर्नु भएको थियो ।