धनगढी विकास सम्मेलन सम्पन्न योजनावद्ध विकासका लागि प्रोजेक्ट बैंकको तयारी

१९ फाल्गुन २०७६, सोमबार
धनगढी विकास सम्मेलन सम्पन्न योजनावद्ध विकासका लागि प्रोजेक्ट बैंकको तयारी

धनगढी, १८ फागुन
धनगढी उपमहानगरपालिकाले आयोजना गरेको विकास सम्मेलन आईतबार धनगढीमा सम्पन्न भएको छ ।
विकास सम्मेलनले धनगढी उप–महानगरपालिकाले प्राथमिकिकरण गरिएका बिषयहरुमा कार्यपत्र प्रस्तुत गरिएका थिए । प्यानल छलफल र सहभागिहरुको सुझाव लिएर कार्यपत्रहरुलाई पूर्णता दिईएको थियो । सम्मेलनबाट आएका सुझाव र कार्यपत्रलाई आधार बनाएर बिश्लेषण सहितको प्रतिवेदन तयार गर्ने र सोही कुरालाइृ समेटेर प्रोजेक्ट बैंक तयार गर्न सम्मेलनले सुझाव दिएको छ ।
सम्मेलनमा भूषण बिष्टले सूचना प्रविधीका माध्यमबाट नागरिकलाई दिने सोवालाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यक्रम प्रस्तुत गरेका थिए । बिनोद उपाध्यायले धनगढीको शुसासनलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी नारायण खनालले धनगढीलाई दिगो र बस्न योग्य कसरी बनाउन सकिन्छ भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी डाक्टर ढुण्डीराज पाठकले फोहर ब्यबस्थापन सम्वन्धी, डाक्टर राजेन्द्रबिर चन्दले र डाक्टर नारायण प्रसाद पासकोटाले स्थानीयतहको आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
धनगढी विकास सम्मेलन धनगढीको विकासका लागि कोषेढुंगा हुने राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले बताए । स्थानीय तहले गरेको यो पहिलो प्रयास हो उनले भने, यसले धनगढी उप–महानगरपालिकालाई मार्ग दर्शन गर्ने छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सम्मेलनले दिएको म्यान्डेटका आधारमा प्रोजेक्ट बैंक बनाउने बताए । यसलाई कार्यपालिका मार्फत नगरसभामा लगिने छ नगरप्रमुख वडले भने, आवश्यक परेमा कानुन समेत बनाएर अगाडी बढीने छ । यसैलाई टेकेर नगरले छोटो तथा लामो समयका योजना बनाउने नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले धनगढीका लागि विकास

Wedding Story advertisement Of Jems Movies & Photo Studio