धनगढी ११
धनगढी उपमहानगरपालीका वार्ड नं. ११ स्थित ठेकराज मा. वि. घोडसुवामा ५९औं वार्षिक उत्सव सम्पन्न भयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रघुनाथ रानाको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा सुदुर पस्चिम प्रदेस सभासद माननिय डिल्ली राज पन्त प्रमुख अतिथि विद्यालयको विकासका लागी सधैं ततपर रहने बताउनु भयो । कार्यक्रममा शैक्षिक सत्र २०७५को क्भ्भ् मा सर्वोत्कृष्ट अंक ल्याउने छात्रा सुमित्रा राना ठेकराज पन्त प्रतिभा पुरस्कार २०७५ बाट सम्मानीत हुनु भयो । यसै गरी तारानाथ जोशी प्रतिभा पुरस्कार आरती जोशीले पाउनु भयो । संस्थापक अध्यक्ष स्व. ठेकराज पन्तको शालीक उनका सुपुत्र चक्रराज पन्त उर्फ अंकुस राज पन्त तथा विद्यालयको संयुक्त लगानीमा निर्माण भएको शालीक अनावरण प्रमुख अतिथि पन्त बाट भएको थियो । सो कार्यक्रम गर्नका लागी किसान ट्रेडिङ कंसर्नका म्यानेजिङ डाइरेक्टर मस्कुर अहमद बाट नगद रु ३१,००० सहयोग दिने घोषणा गर्नु भयो । आधारभुत तहका जेहेन्दार विद्यार्थी लाई सहयोगार्थ आगामी शैक्षिक सत्र देखी लगुहुनेगरी रु ५०,५०५ को अक्ष्यकोष बुद्धीराम प्रतिभा पुरस्कारको स्थापना भएको छ । वर्ष उतकृस्ट शिक्षक को सम्मान शिक्षक ज्ञानुराज जोशीले प्राप्त गर्नु भएको थियो ।
कार्यक्रकमा विद्यालयका प्रधानाध्यापक रामचन्द्र ओझाले विद्यालयको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो भने संचालन भक्तराज रानाले गर्नु भएको थियो ।