चन्द्र ब. रैका को १७ औँ स्मृति दिवसमा असहायहरुलाई खाद्य सामाग्री सहयोग

चन्द्र ब. रैका को १७ औँ स्मृति दिवसमा असहायहरुलाई खाद्य सामाग्री सहयोग

धनगढी,१५ कातिक । राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका अगुवा योद्धा,एवं समरुपतावादी नेता स्व.चन्द्र वहादुर रैका को १७ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मंगलबार धनगढीमा मनाईएको छ ।

चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक वहादुर रैका रहनुभएको थियोे । कार्यक्रममा राज्यमन्त्री रैका ले स्व चन्द्र वहादुर रैका शोषित पिडित जनताका लागि मरिमेट्ने एक सच्चा क्रान्तकारी योद्धा भएको बताउनुभयो । उहाँले स्व.रैका ले अगाल्नु भएको समरुपतावादी सिद्धान्त अहिले पनि महत्वपूर्ण र सान्दर्भिक रहेको विचार व्यक्त गर्नुका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

कार्यक्रमका सहभागीहरुले स्व रैका एक सच्चा देशभक्त ईमान्दार र दलित एवं सिमान्तकृत वर्ग समुदायका लागि सदा संघर्षशिल नेता भएको बताउदै राष्ट्रियता लोकतन्त्र मानवअधिकार समाजिक न्याय समानता र दलित मुक्ति आन्दोलनमा स्व.रैकाको अतुलनिय र अनुकरणीय योगदान रहेको बताउदै भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए ।

यसै विच रैकाको स्मृति दिवसको अवसरमा धनगढी स्थित अामाको माया छात्रबासमा रहेका असहाय/विपन्न बालकहरुलाई खाद्य तथा पोषण सामाग्री सहयोग गरिएको छ । जस अन्र्तगत चामल २५ केजी,तेल ५ लिटर,दाल ७ केजी,भुजा १० प्याकेट,चिउरा ६ प्याकेट,पिठो १० केजी,आलु ५ केजी,चाउचाउ १ पेटी,नुन ५ प्याकेट,चिनी ५ केजी,मास्क २ प्याकेट,बिस्कुट २ पेटी,साबुन २४ पिस,निरमा १० प्याकेट, लगायतको खाद्य सामाग्री सहयोग गरिएको थियो ।

उक्त सामाग्रीहरु कार्यक्रमका प्रमुख अतिथी राज्यमन्त्री टेक वहादुर रैका ले अामाको मायाको छात्रबासका प्रमुख संरक्षक रुद्र पन्त लाई हस्तान्तरण गर्नुएको थियो । चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानका अध्यक्ष प्रेम विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव राजेन्द्र रैकाले गर्नुभएको थियो ।