धनगढी, ७ फागुन
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी उप–महानगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
धनगढी उप–महानगरपालिका ५ मा रहेको शैलेश्वरी बोडिङ्ग स्कुलको १७ औं बार्षिकोत्सव तथा अभिभावक दिवशमा बोल्दै नगरप्रमुख वडले शिक्षा क्षेत्रको विकासलाई अन्य विकासले पच्छाउने बताए । नगरप्रमुख वडले धनगढी उप–महानगरपालिकाले शिक्षाको विकासका लागि विद्यालयहरुलाई पूर्वाधार सम्पन्न बनाउदै लगेको बताए । उनले भने, ठूलो लगानी शिक्षामा लगाएका छौं अव त्यसको प्रतिफल खोजिन्छ ।
धनगढीका ७ वटा सामुदायीक विद्यालयमा प्राविधिक धारको पठनपाठन सुरु गराएको नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिकाले आफैले पनि प्राविधीक शिक्षालय संचालन गरेको नगरप्रमुख वडले भने, आवश्यकता अनुसार अन्य सामुदायीक विद्यालयमा पनि प्राविधिक शिक्षाको पठनपाठन सुरु गर्ने छौं ।
धनगढी उप–महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिरासिंह पातलीले शिक्षाको गुणस्तरमा सुधार अहिलेको आवश्यकता भएको बताए । उनले शैलेश्वरी बोडिङ्ग स्कुलले गुणस्तरीय शिक्षा दिईरहेको बताए । ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्टले शैलेश्वरी ईङ्गलिस बोडिङ्ग स्कुलले पठाएका विद्यार्थीहरु उत्कृष्ठ रहेको बताए । धेरै शुल्क लिने विद्यालयले मात्रै गुणस्तरीय शिक्षा दिन्छ भन्ने होईन क्याम्पस प्रमुख भट्टले भने, शैलेश्वरी ईङ्गलिस बोडिङ्ग स्कुलले कम शुल्क लिएर गुणस्तरीय शिक्षा दिईरहेको छ