धनगढी, २९ माघ
बिदेशी तरकारीको आयात रोक्न धनगढीमा करेशाबारी प्रवद्र्धनात्मक कार्यक्रमहरु सुरु गरिएको छ ।
यस कार्यक्रम अन्तरगत नगरवासीहरुलाई निशुल्क तरकारीको बिउ वितरण देखि कृषी प्रविधीहरु हस्तान्तरण गर्ने काम भैरहेको छ । धनगढी उप–महानगरपालिकाले नगरबासीलाई रागकिरा सम्वन्धी ज्ञान र परामर्श दिनका लागि वडा तहमा जेटिए खटाएको छ । धनगढीको त्रिनगर भन्सार नाका भएर बर्षमा ५ अर्व भन्दा बढीको तरकारी भारतबाट भित्रीन्छ धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, त्यो पनि बिषादीयुक्त हुन्छ । करेशाबारी बारीलाई प्रवद्र्धन गर्न सकेमा भारतबाट नेपालमा भित्रीने बिषाक्त तरकारीलाई न्यूनिकरण गर्न सकिन्छ नगरप्रमुख वडले भने, त्यसैले धनगढी उप–महानगरपालिकाले करेशाबारी प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरेको हो ।
धनगढी उप–महानगरपालिका क्षेत्रमा अधिकांस संग करेशाबारी बनाउन सकिने जमिन छ नगरप्रमुख वडले भने, नभएकाले पनि गमलामा, घरको छतमा तरकारी लगाउन सक्दछन् । घरमै फलाएको तरकारी आर्गानिक मात्रै हुदैन त्यसले तरकारी किन्ने पैशाको पनि बचत गराउँछ । मैले नगरवासीलाई २ बोट लौका, २ बोट भएपनि खुर्सानी र अन्य तरकारी लगाउन अनुरोध गरिरहेको छु नगरप्रमुख वडले भने, पहिले नगरप्रमुखले यती सानो कुरा गरेको भन्नेहरु अहिले महशुस गर्न थालेका छन् ।
धनगढी उप–महानगरपालिका कृषी महाशाखा प्रमुख लोकराज उपाध्यायले धनगढीका १० हजार घरधुरीमा करेशाबारी प्रवद्र्धनका लागि तरकारीको बिउ निःशुल्क उपलब्ध गराएको बताए । त्यसैगरी तरकारी खेतीका लागि ७५ वटा समुहलाई बिउँबिजन उपलब्ध गराएको उपाध्यायले बताए । तरकारी खेतीलाई प्रवद्र्धन गर्नका लागि थप ९ वटा समुहलाई बिउबिजन, पम्पसेट, स्प्रेयर र तरकारी राख्ने क्रेटहरु उपलब्ध गराएका छौ कृषी महाशाखा प्रमुख उपाध्यायले भने, यूवा लक्षित कार्यक्रम अन्तरगत ३३ वटा समुहमा बिउ बिजन र संरचना निर्माणका लागि नगद पैशा समेत उपलब्ध गराईएको छ । धनगढी उप–महानगरपालिकाका १९ वटै वडा तरकारी खेतीका लागि ९७ वटा प्लाष्टिकघर, थोपा सिचाइ र बिउबिजन उपलब्धगराइएकाे पनि प्रमुख उपाध्यले बताए ।