गरिव, विपन्न तथा ८६ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण

२६ माघ २०७६, आईतवार
गरिव, विपन्न तथा ८६ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण

कञ्चनपुर,२६ माघ

सम्बाददाता : नरेश राना

कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड न. ४ ले जेष्ठ नागरिकलाई न्यानो कम्मल वितरण गरेको छ । वडा भित्रका समाजिक सुरक्षा भत्ता खाइपाइरहेका गरिव विपन्न तथा ८६ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कम्मल वितरण गरिएको लालझाडी गाँउपालिका वडा न. ४ का वडा अध्यक्ष बहादुर रानाले बताउनु भयो । चालु आर्थिक वर्ष २०७६।०७७ मा विनियोजीत ५० हजार रकम बाट वडा न. ४ मा २३ जनालाई न्यानो कम्मल वितरण गरिएको लालझाडी गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष बहादुर रानाले जानकारी दिनुभएको छ । कार्यक्रममा सम्बोधन गर्दै लालझाडी गाउँ पालिका का वडा अध्यक्षले जेष्ठ नागरिक समाजका धरोहर भएकाले उहाँहरुको सम्मान तथा हेरचाह गर्नुपर्ने सबैको दायित्व रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी वर्ष बजेट थप गरी सबै जेष्ठ नागरिकलाई सम्मान गर्ने योजना रहेको बताउनु भयो

Wedding Story advertisement Of Jems Movies & Photo Studio