धनगढी, २२ माघ
धनगढी उप–महानगरपालिकाका १८ वटा सामुदायीक विद्यालयमा स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम सुरु हुने भएको छ ।
बुधवार नेपाल सरकार स्वास्थ्य सेवा बिभाग सामाजिक शुरक्षा माहाशाखा, धनगढी उप–महानगरपालिका र सम्वन्धीत विद्यालय बिच स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । विद्यालय स्वास्थ्य समन्वय समितिका संयोजक सुशीला मिश्र भट्टले स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम अन्तरगत विद्यालयमा स्टाफनर्स भर्ना गरिने छ । स्टाफनर्सले विद्यालयमा प्रजनन् स्वास्थ्य तथा सरसफाईका बारेमा विद्यार्थीलाई सिकाउने छन् संयोजक भट्टले भनिन्, यसले महिनाबारी सरसफाईका बारेमा समेत छात्राहरुले थाहापाउने छन् ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले पहिलो चरणमा धनगढीका १८ वटा माध्यमिकतहका विद्यालयमा स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम संचालन गरिएको भएपनि बाँकीमा चाँडै कार्यक्रम थप गरिने बताए । उनले भने, पहिलो चरणमा छात्राहरुको संख्या बढी भएका विद्यालयहरु छनौटमा परेका छन् । नगरप्रमुख वडले यस कार्यक्रमका बारेमा छनौटमा परेका विद्यालयका प्रधानाध्यापकहरु संग समेत छलफल गरिएको बताए । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले धनगढीमा २६ वटा माध्यमिक विद्यालय रहेको बताए । पहिलो चरणमा नगरेकालाई चाँडै कार्यक्रमका लागि समेटिने छ प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने, धनगढीको कुशल ब्यबस्थापनका कारण यती ठूलो संख्यामा स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रमको कोटा प्राप्ती भएको हो । उनले अन्य नगरपालिका र गाउँपालिकामा सिमित मात्रै कोटा रहेका छन् ।