कैलालीमा मदिराका बिरुद्ध साझा कानुन बनाउने निर्णय

१९ माघ २०७६, आईतवार
कैलालीमा मदिराका बिरुद्ध साझा कानुन बनाउने निर्णय

धनगढी, १८ माघ
कैलालीका स्थानीयतहहरुले अनियन्त्रीत मदिराको विक्रीवितरणलाई नियन्त्रण गर्नका लागि साझा कानुन बनाउने तयारी भएको छ ।
शनिवार धनगढीमा बसेको कैलालीका १३ वटै स्थानीयतहको बैठकले मदिराको विक्रीवितरणलाई ब्यबस्थीत बनाउनका लागि साझा कानुन ल्याउने निर्णय गरेको हो । कानुन निर्माणका लागि जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय मस्यौदा तयारी समिति गठन गरिएको छ । सदस्यहरुमा धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र टिकापुर नगरपालिकाका कानुनी सल्लाहकार रहने निर्णय गरिएको छ । समितिले एक महिना भित्र मस्यौदा तयार पारेर स्थानीयतहको समन्वय बैठकमा पेश गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताए । उनले भने , साझा कानुन बनाउनुपर्ने भएकाले यसलाई जिल्ला सभाले पास गर्ने छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले पछिल्लो समयमा आत्महत्याका घटना बढ्दै गएकाले साझा कानुन बनाएर कडाई गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, मदिराका कारण घरेलु हिंसाका घटना बढेका छन् त्यही घटना आत्महत्यामा परिणत भएका छन् । नगरप्रमुख वडले कैलालीमा दैनिक जसो आत्महत्या र अपराधका घटना बढ्नुको पछाडी अनियन्त्रीत मदिराको विक्रीवितरण हुनु भएको बताए । नगरप्रमुख वडका अनुसार कानुनमा मदिरा विक्रीवितरण गर्ने समय, क्षेत्र लगायत मदिरा सेवन गर्नेका लागि समेत कार्डको ब्यबस्था गर्ने गरि कानुन ल्याउन लागिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मदिराको विक्रीवितरणलाई ब्यबस्थीत गर्ने, लागुपर्दाथको सुब्र्यशनलाई न्यूनिकरण गर्नका लागि अभियान चलाउने लगायतका निर्णय भएको बताए । धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले लागुपदार्थको दुब्र्यशनलाई न्यूनिकरण गर्नका लागि सबै स्थानीयतहहरुबाट दुई जनालाई श्रोत ब्यक्तिको रुपमा तयार पार्ने निर्णय भएको बताईन । उनले भनिन्, ती ब्यक्तिलाई विज्ञ प्रशिक्षकहरुबाट तालिम दिईने छ त्यसको समन्वय धनगढी उमनपाले गर्ने बताइन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio