Auto Draftशहिदलाई सम्झेर काम गरौं , उप–प्रमुख भट्ट

१७ माघ २०७६, शुक्रबार
Auto Draftशहिदलाई सम्झेर काम गरौं , उप–प्रमुख भट्ट

धनगढी, १६ माघ
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्रले अहिले शहिदलाई सम्झेर काम गर्नुपर्ने बताएकी छन् ।
धनगढी उप–महानगरपालिकाले शहिद दिवशको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । शहिदको भावना अनुसार देश अगाडी बढ्न नसकेको भन्दै उप–प्रमुख भट्टले चिन्ता ब्यक्त गरिन । धनगढी उप–महानगरपालिकाले धनगढीको शहिद गेटमा कार्यक्रमको आयोजना गरेको थियो । उप–प्रमुख भट्टले शहिद दशरथ चन्दको सालिकमा माल्याअर्पण गरेकी थिईन । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहिद प्रति सम्मान घट्दै जानु दुर्भाग्य भएको बताए । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरकुंश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहिद दिवस मनाइँदै आएको छ ।
वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संर्घषमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाको योगदानमा शहिद दिवस मनाउन थालिएको हो । निरंकुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहिदको स्मरणमा विभिन्न गैरसरकारी संघ संस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहिद सप्ताह मनाइँदै आएको छ ।
देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई सहिद दिवसको रुपमा मनाइएको हो । विक्रम संवत् १९९७ माघ १० गते तानाशाही राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई काठमाण्डौंको टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । पछिल्लो पटक सरकार एक पछि अर्को गर्दै शहिद घोषणाएको थियो

Wedding Story advertisement Of Jems Movies & Photo Studio