धनगढी, शिव आधारभुत विद्यालय १६औँ बार्षिकोत्सब तथा श्रीपञ्चमी मनायो

१६ माघ २०७६, बिहीबार
धनगढी, शिव आधारभुत विद्यालय १६औँ बार्षिकोत्सब तथा श्रीपञ्चमी मनायो

धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरिया स्थित शिव आधारभुत विद्यालयले १६औँ बार्षिकोत्सब तथा श्रीपञ्चमी पुजा गरी मनायो । शिव आधारभुत विद्यालय पर्यटक स्थल देवहरिया वनस्पति उद्यान संग जोडिएको हुनाले उद्यान घुम्न आउने पर्यटकहरुको नजर यस विद्यालयमा पर्ने भएकोले यसको भौतिक संरचना संगै शैक्षिक गुणस्तर अभिबृद्वि गदै लइजानु पर्ने भएकोले सम्पुर्ण शिक्षक तथा अभिभावक ज्युहरुलाई अनुरोध गरे अध्यक्ष राना । म यो विद्यालय राम्रो भएको हेर्न चहान्छु अध्यक्ष रानाले थप्दै भने म यसै गाँव ठाउमा हुर्किबढेको हुनाले यस विद्यालयको प्रगतिको लागि मैले के गर्नु पर्छ म तयार छु भन्नु भयो । गत आ.ब.मा ६ लाखको प्रखाल निर्माणको लागि बजेट बिनियोज गरेको र आउने बर्षमा पुरै चउर घेरबार गर्नका लागि रकम विनियोज गर्ने प्रतिबद्वता व्यक्त गरे अध्यक्ष राना । कार्यक्रमका विशिष्ट अतिथि धनगढी उपमहानगर पालिका वडा नं. ७ का सदस्य यमुना भट्ट ( जोशी) त्यसै गरी देवहरिया समुदायक वनका अध्यक्ष भजन राना र महिला र्सजना स.वन का अध्यक्ष सरस्वती चन्द रहनु भएको थियो भने शुभकामना दिनेमा पूर्व शि.अ.सं अध्यक्ष अनिता रावल , अभिभावक तारानाथ ओझा र कक्षा ८ मा पढने विद्यार्थि दिनेश राज रेग्मीले गरे ।
विद्यालयको शैक्षिक प्रतिबेदन प्र.अ. नन्दलाल रानाले प्रस्तुत गरे साथै वहाँले वि.स.२०५७ सालमा श्रीपञ्चमीकै दिन बाट किसोरी कक्षाबाट यस विद्यालयको शुभारम्भ भएको बताए । विद्यालयको १६ बार्षिकोत्सब मनाउन.पउदा खुशि व्यक्त गरे प्र.अ. राना ।

आर्थिक प्रतिबेदन लेखापाल शिक्षक भिराराम रानाले आ.ब. २०७५।७६को आय–व्याय प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रम शिक्षक गिता सोडारीले संचालन गरिन भने स्वागत मन्तव्य सहयक प्र.अ. नेत्रा नाथ – जोशी ) ले गरिन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio