धनगढीको सरस्वती माविको ४७ औँ बार्षिकोत्सव सम्पन्न

धनगढीको सरस्वती माविको ४७ औँ बार्षिकोत्सव सम्पन्न

धनगढी ,१३ माघ २०७६।

धनगढी उप–महानगरपालिका वडा नम्वर ७ मा रहेको सरस्वती माध्यमिक विद्यालयको ४७ औं बार्षिकोत्सव सम्पन्न भएको हो। धनगढी उप–महानगरपालिकाका मेयर नृप ओडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण रानाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र शाहले प्रशासनिक प्रतिवदन प्रस्तुत गरेका थिए भने लेखापाल बर्षा रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सहायक प्रधानाध्याप दीर्घराज ओझाले सञ्चालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य देव सेटीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा साहित्यकार यज्ञराज यात्री, उखु प्रशिक्षक रतन खाती लगायतका ८ जनालाई सम्मान गरिएको छ।

sarsawati ma vi-1
सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन