धनगढीमा विकास सम्मेलनको आयोजना गरिने

१३ माघ २०७६, सोमबार
धनगढीमा विकास सम्मेलनको आयोजना गरिने

धनगढी, १३ माघ
धनगढी उपमहानगरपालिकाले विकास सम्मेलन आयोजन गर्ने भएको छ । धनगढीको सर्वा्गिण र योजनाबद्ध विकासको लागि उपमहानगरपालिकाले विकास सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलन बारे सोमबार पत्रकार सम्मेलन आयोजना गरी उप महानगरपालिकाले जानकारी गराएको हो ।
धनगढी विकास सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थीक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट बैकंहरु प्रस्तुत हुने नगर प्रमुख नृप बहादुर वडले जानकारी दिए । यस्तै विकास सम्मेलनमा नगरबासीहरुले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्बोधन गर्नका लागि धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरीने छ ।
नगरको विकासका लागि नागरीक संग विकासका परियोजनाका लागि खुल्ला आह्वान गरि उत्कृष्ट ३ जनालाई पुरस्कृत गरि पहिलो हुनेलाई आफ्नो परियोजना प्रस्तुत गर्न सम्मेलनमा अवसर दिईने जनाएको छ । नगरको विकासका लागि ज्ञान र स्रोत बढाउनलाई विकासको साझेदारहरुको दायरा फराकिलो बनाईने लगाएतका विषयवस्तुहरु समावेश गरिने जस्ता बिषयवस्तु सम्मेलनमा प्रस्तुत हुने उप महानगरपालिकाले जनाइएको छ ।
प्रस्तुत गरिने परियोजनाहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुलाई समुन्वय गरी दु्रत प्रभाब छोटो अबधि र लामो अबधि गरि तिन भागमा पहिचान गरीने बताईएको छ । उक्त प्रस्तुतिहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञ बाट प्रस्तुत गरी उपस्थित सम्पुर्ण सहभागिहरु माझ बृहत छलफल गरि परियोजनालाई अन्तिम रुप दिईने पत्रकार सम्मेलनमा जानकारी दिईयो । सम्मेलन फल्गुन १८ गते ओम प्यालेसमा हुने छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio